काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो एक बजे बस्नेगरी बोलाइएको बैठक भोलि मंगलबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अध्यक्षको कार्यव्यस्थताका कारण बैठक सरेको हो ।