Logo

मुख्य समाचार

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा


१४ आश्विन २०७९, शुक्रबार  

276
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् ।

शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा नल्याए सत्ताको हतियारमात्र हुने बताएका हुन् ।

पार्टीभित्र ठूलो शुद्धीकरण अभियाउन चलाउनुपर्ने आवश्यकता औँल्याएका थापाले चुनाव जित्नका लागि मात्र पार्टी गठन गरेको जस्तो भएको भन्दै विद्रोह गर्नुपर्ने बेला आएको जिकीर गरेका हुन् ।

निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्ट रहँदै आएको शेखर–गगन समूहले सच्याउनलाई अल्टिमेटमसमेत दिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ३ : १७ बजे