काठमाडौं । कृषि तथा पशुपंछी विकासमन्त्री मदन कुमार परियारले यस पटकको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०)मा नेपालको सहभागिता प्रभावकारी रहेको बताएका छन् । आइतबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले विभिन्न कठिनाई र कमीकमजोरीहरुको बावजुदपनि यसपटकको कोप प्रभावकारी रहेको बताएका हुन् । उनले कोप ३० को बारेमा समितिलाई जानकारी गराउँदै…