भैरहवा । एभरेष्ट ईन प्रथम प्रेस चौतारी लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को उपाधि दाङले जितेको छ । फाईनल खेलमा दाङले बाँकेलाई ६–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसंगै दाङले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बाँकेले नगद १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।…