Logo

नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न दोषीलाई उन्मुक्ती नदिन नेकपा (एस)को माग

खोटाङ । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी खोटाङले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न दोषीलाई कानुनको घेराभित्र ल्याएर कडाभन्दा कडा कानुनी सजाय दिन माग गरेको छ । मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउँदै नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी मुद्धालाई कमजोर बनाएर सामान्य कसुरको रुपमा परिणत गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र नगर्न ध्यानाकर्षण गराएको छ ।…