काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । बिहिबार विधायन व्यवस्थापन समितिको १४३ औँ बैठक समितिको बैठक कक्षमा बिहान ११ः०० बजे बस्ने गरि तय भएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।