काठमाडौं । बालाजु क्षेत्रको सुकुमबासी बस्तीमा शुक्रबार दिउँसो डोजर प्रयोग गरी बस्ती खाली गराउने तयारी भएपछि स्थानीयवासी बिहानैदेखि आफ्नो सामान सार्न व्यस्त भएका छन्। प्रहरीले सो क्षेत्रका बासिन्दालाई मध्यान्न १२ बजेसम्म बस्ती खाली गर्न समयसीमा दिएको थियो। स्थानीयका अनुसार झण्डै ९० प्रतिशत सुकुमबासीले स्वेच्छाले आफ्नो बस्ती हटाउन थालेका छन्। तर, उनीहरूमा असन्तुष्टि र अन्योल भने…