काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष श्रीकृष्ण आचार्यले यसपटकको निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने उल्लङ्घनका घटनाहरू विगतको तुलनामा बढेको बताएका छन् ।प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै आचार्यले निर्वाचन पर्यवेक्षण समिति नेपाल २०७० सालमा स्थापना भएदेखि नै देशका विभिन्न निर्वाचनहरूमा प्रत्यक्ष रूपमा पर्यवेक्षण गर्दै आएको बताए । उनले विगतमा विभिन्न संघसंस्थाहरूले आ–आफ्नो…