Logo

मुख्य समाचार

जब तमिलनाडुकाे टयाक्सी चालकको खातामा ९ हजार करोड ट्रान्सफर भयाे…



नयाँ दिल्ली । तमिलनाड मर्केन्टाइल बैंक केही समयदेखि चर्चामा रहेको छ । यसैबीच यो बैंकको बारेमा एउटा ठूलो खबर आएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एस कृष्णनले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बैंकले केही दिन अगाडि ट्याक्सी चालकको खातामा गल्तीले ९ हजार करोड रुपैयाँ ट्रान्सफर गरेको खबर बाहिरिएसँगै उनको राजीनामाको खबर बाहिर आएको हो । तर, राजीनामाको जानकारी दिँदै एस कृष्णनले व्यक्तिगत कारणले आफुले पाएको पदबाट राजीनामा दिएको बताएका छन् । उनको कार्यकाल अझै धेरै बाँकी थियो ।

बिजनेश टुडेमा प्रकाशित समाचार अनुसार तमिलनाड मर्केन्टाइल बैंकले कृष्णनको राजीनामाको बारेमा बजार नियामकलाई जानकारी गराएको छ । यससँगै बैंकको सञ्चालक समितिको सेप्टेम्बर २८ गते बसेको बैठकले एमडीको राजीनामा पनि स्वीकृत गरेको छ । यसपछि यो जानकारी रिजर्भ बैंकलाई पनि दिइएको छ । तर, रिजर्भ बैंकबाट निर्देशन नआएसम्म कृष्णनले यो पदमा रहने छन्। उनले सेप्टेम्बर २०२२ मा यो पद ग्रहण गरेका थिए।

तमिलनाड मर्केन्टाइल बैंक चर्चामा त्यो बेला आयो, जब बैंकले ट्याक्सी चालकको खातामा गल्तीले ९ हजार करोड रुपैयाँ ट्रान्सफर गर्‍यो। चेन्नई क्याब चालक राजकुमारको पनि तमिलनाडु मर्केन्टाइल बैंकमा खाता थियो। जब ट्याक्सी चालकको खातामा ९ हजार करोड रुपैयाँ ट्रान्सफर भएको सन्देश आयो, उनी छक्क परे । उनले यो फेक म्यासेज हो भन्ने ठाने तर साथीको खातामा २१ हजार रुपैयाँ ट्रान्सफर गर्दा उनी सफल भए । यस्तो अवस्थामा उनले आफ्नो खातामा यति ठूलो रकम साँच्चै जम्मा भएको थाहा पाए तर बैंकले त्यो रकम आधा घण्टामै झिक्यो ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १० : १८ बजे