काठमाडौँ । नेपाली कांग्रेसभित्र संसदीय समितिका सभापतिको भागबण्डाका बारेमा किचलो शुरु भएको छ । सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा संसदीय समितिका सभापति चयन गरेको भन्दै इतर समूहले आफ्नो भागमा परेको संसदीय समितिको सभापति पद नै अस्वीकार गरेको छ । सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच भागबण्डा गर्दा कांग्रेसलाई चार समितिको सभापति भाग परेको…