काठमाडाैं । चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलमा भएको साधारणसभा तथा अधिवेशनले क्यानको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । क्यानको अध्यक्षमा चन्द निर्विरोध चयन भएका हुन्। चन्दलाई लुम्बिनी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष विनय राजभण्डारीले चुनौती दिने तयारी गरे पनि अन्तिम समयमा उनी…