काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ।पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी पाँच निर्वाचन क्षेत्रमा उम्मेदवार आज बिहानसम्म टुङ्ग्याइनेछ। निर्वाचन कार्यतालिकाअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। यसका लागि राप्रपाका उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्र पुगिसकेका छन्। पार्टीले पूर्वदेखि पश्चिमसम्म अधिकांश क्षेत्रमा उम्मेदवार तय गर्दै…