Logo

केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पौडेल गएनन्

काठमाडौं । नेपाली कांग्रेसले आजका लागि बोलाएको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन् । महाधिवेशन सुरु हुनुअघिल्लो दिन बैठक बोलाएको भन्दै पौडेल असन्तुष्ट बनेका छन् ।बैठक बोलाएर अन्तिम समयमा विधान परिवर्तन गर्न लागिएको भन्दै पौडेल बैठकमा नगएका हुन् ।