Logo

कोशी

कोशी प्रदेशसभाका सभामुख आज चयन गरिँदै



विराटनगर । कोशी प्रदेशसभाको सभामुख आज चयन गरिने भएको छ । सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य अम्बरबहादुर विष्ट चयन हुने निश्चितजस्तै भएको छ ।

सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार हुन लागेका विष्टलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समर्थन गरेपछि उनी निर्विरोध चयन हुने भएका हुन् ।

एमालेको मंगलबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले सभामुखमा विष्टलाई समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

गठबन्धन बाहिरको उम्मेदवार भएकाले विष्टलाई समर्थन गर्ने निर्णय भएको उनले बताए ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले विष्टलाई समर्थन गर्ने सहमति गरिसकेका छन् ।

मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दिउँसो ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।

प्रदेशसभा सचिबालयले सार्वजनिक गरेको कार्यसूची अनुसार २ः३० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कार्यसूची अनुसार सभामुख चयनका लागि ३ः०० बजे निर्वाचन हुने तय गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १ : २३ बजे