काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन् । हिजोदेखि काठमाडौंमा ‘ब्यवस्था बिरोधी’ आन्दोलन गरिरहेका प्रसाई नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन् । ‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौंमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न,…