काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाह अर्थतन्त्र, राष्ट्रप्रेम र कूटनीतिका पनि मार्गदर्शक भएको बताएका छन् । उनले शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरेको र त्यही अभियानको निरन्तरताले अहिले सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको समेत स्मरण गरेका छन् । शुक्रबार पृथ्वी जयन्ती तथा राष्ट्रिय…