काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन् । लामो समयदेखि विवादमा रहेको धरानस्थित प्रतिष्ठानको समस्या समाधानमा सरकारले ध्यान नै नदिएको आरोप लागेका बेला आइतबार प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित आफ्नो कार्यपक्षमा बोलाएर उपकुलपति डा. प्रह्लाद कार्कीलाई बैठक बोलाएर समस्याको हल निकाल्न निर्देशन दिएका हुन्…