काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई कसैको पनि दबाब र प्रभावमा नपरी अपराध अनुसन्धानमा खरो उत्रिन निर्देशन दिएका छन् । उनले प्रहरीलाई अनुसन्धान सघाउन गृह नेतृत्व तयार रहेको समेत बताए । अपराध अनुसन्धान विभागले सोमबार काठमाडौंमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा गृहमन्त्री श्रेष्ठले भने, ‘अपराध अनुसन्धानमा खरो उत्रिन नेपाल प्रहरीलाई आवश्यक पर्ने…