काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याजी पीडितको सबै समस्या अबको केही समयभित्रै समाधान हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा फागुन ६ देखि १८ गतेसम्मका अघिल्ला बैठकहरुमा सांसदहरुले सरकारको कामकारबाहीको सन्दर्भमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताए । मिटरव्याज पीडितको समस्या समाधान…