काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे सोमबार दिउँसो भएको उच्चस्तरीय छलफलमा उनले नर्सिङ शिक्षाका कुरा गरिरहँदा नर्सिङ र सीटीइभीटीको क्षेत्राधिकार बाझिने परिस्थिति हुने भन्दै त्यसलाई प्रष्ट पारेर जानुपर्ने बताए । उनले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका…