काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो शहनसिलताको समय सकिएको घोषणा गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै महामन्त्री थापाले अब सहनसक्ने क्षमता सकिएको भन्दै अति भएको टिप्पणी गरेका हुन् । उनले भनेका छन्,‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ,…