Logo

मुख्य समाचार

इलाम–२ को अपडेट : सुहाङले पाए १३ हजार ९०० मत, अरुको कति ?



काठमाडौँ । इलाम–२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेको छ । सोमबार दिउँसो पौने ३ बजेसम्म कुल ३४ हजार २६ सदर मत गणना सम्पन्न हुँदा सुहाङले १३ हजार ९०० मत पाएका हुन् ।

यसैगरी दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार ८ हजार ९१४ मत पाए भने मुढा चिह्न पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ८ हजार २८५ मत पाएका छन् । उनलाई पहिचनवादीहरुको समर्थन रहेको थियो ।

यस्तै रास्वपाका मिलन कुमार लिम्बुले १ हजार ९४५ मत पाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  २ : ५९ बजे