Logo

मुख्य समाचार

दुर्गा प्रसाईंको हतियारबारे छानबिन समितिले बुझायो प्रतिवेदन



काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । 

सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

हतियारको इजाजत र नवीकरण सम्बन्धी छानबिन समितिले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा व्यक्तिगत रूपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापन र घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने विषयमा सुझाव र सिफारिस गरिएको छ ।

५ चैत २०८० मा सर्वोच्च अदालत परिसरमा दुर्गा प्रसाईंका सुरक्षा गार्ड हतियार सहित प्रवेश गरेपछि गृहमन्त्री लामिछानेले छानबिन समिति गठन गरेका हुन् । प्रसाईंको हतियार कानुनले तोके अनुसार इजाजत पत्र दिन मिल्ने खालको नदेखिएको छानबिन समितिको ठहर छ । प्रसाईंलाई देशभर हतियार लैजान दिने इजाजत नदिएको प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : ४९ बजे