काठमाडौं । अर्थमन्त्रालयको रणनीति र कार्ययोजनाका बारेमा छलफलका लागि उपस्थित हुन संसद्को अर्थ समितिले अर्थमन्त्री प्रकाशशरण महतलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा बिहीबार भएको बैठकमा आगामी वर्षका लागि राजस्व संकलनको प्रक्षेपण र लक्ष्य निर्धारण यथार्थपरक बनाउन छलफलमा बोलाएको हो । अर्थ समिति सभापति सन्तोष चालिसेले अर्थमन्त्रालयलाई आफ्नो योजना बताउन आगामी बैठकमा अर्थमन्त्री महतलाई…