Logo

मुख्य समाचार

नेपाल पत्रकार महासंघको चुनाव जेठ २६ गते हुने



काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ । शुक्रबार राति काठमाडौंमा सम्पन्न महासंघको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासंघको निर्वाचन गर्ने मिति तोकेको हो ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो । तर महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर धकेल्न माग गरेपछि महासंघले २६ जेठमा केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुको एकसाथ निर्वाचन गर्ने निर्णय गरेको हो ।

नेपाली पत्रकारहरुको छाता संस्था महासंघमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ । प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासंघको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन् ।

निर्वाचनको मिति तोकेपनि महासंघले साधारण सदस्यको टुंगो भने लगाइसकेको छैन । महासचिव रोशन पुरीले एक साताभित्र साधारण सदस्यको टुंगो लगाइसक्ने भन्दै मिति प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ८ : ३९ बजे