काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर प्रणालीमा पुनरावलोकन गर्ने बताएका हुन् । राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाएर विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।…