Logo

खेलकुद

युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने



काठमाडौं । युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने भएका छन् । बिहीबार राती सकिएको खेलमा सेभियाले युभेन्टस र रोमाले लेभरकुजेनलाई पराजित गरे पछि फाइनलमा दुवै टिमको भिडन्त पक्का भएको हो ।  सो रोमाञ्चक फाइनल खेल हंगेरीको बुढापेस्टमा मे ३१ मा हुने छ ।

इटालियन क्लब युभेन्ट्सलाई दोस्रो लेगको खेलमा २–१ ले हराउँदै तथा  समग्रमा सेभियाले ३–२ को जित हात निकाल्न सफल भएको हो । पहिलो लेगको खेलमा यी दुई क्लब १–१ गोलको बराबरी रोकिएका थिए ।

शुक्रवार रातीको खेलमा डुसान भ्लाहालोभिचले ६५ औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले सुरुआती अग्रता लिन सुरु गरेको थियो । तर, ७१ औं मिनेटमा सुसोले सेभियाका लागि गोल गरे पछि खेल १–१ मा गोलको बराबरीमा रहन पुग्यो ।

उता, खेल अतिरिक्त समयमा सेभियाका लागि एरिक लामेलाले अर्को गोल थपे, जुन गोल सेभियालाई फाइनलमा जानका लागि निर्णायक बनिदियो । र, युनाईटेडलाई २–१ ले पराजित गरेको सेभियाले समग्रमा ३–२ को जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो । उता, इटालियन क्लब रोमा भने युरोपा लिगको फाइनलमा सेभियासँग भिडन लेभरकुजनलाई पराजित गर्दै आएको हो ।

शुक्रबार बिहान सम्पन्न भएको खेल गोलरहित बराबरीमा सम्पन्न भए पनि पहिलो लेगमा १-० गोल अन्तरले जीत हासिल गरेका कारण रोमा फाइनलमा पुग्न सहज भएको हो । लेभरकुजन १-० ले पछि पारेर रोमाले सेभियासँग भिडन्तका लागि फाइनल यात्रा पक्का गरेको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ८ : ५२ बजे