काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन आगामी बैशाखमा हुने भएको छ । मिति भने टुंगो लागेको छैन । यही फागुन २७ देखि २९ गतेसम्म धुलिखेलमा बसेको सोसाइटीको केन्द्रीय समिति बैठकले विधान महाधिवेशन बैशाखमा गर्ने निर्णय गरेको हो । विधानमा आवश्यक संशोधनका लागि विभिन्न चरणमा छलफल गरी मस्यौदा तयार भइरहेको र महाधिवेशनबाट त्यसलाई पारित गरेर…