काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्ने बताएकी छन् । महिला कानुन र विकास मञ्च (एफडब्ल्यूएलडी)ले नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी उपलेख (पार्लेमो) प्रोटोकल अनुमोदन गरेको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा शुक्रबार त्यस्तो बताएकी हुन् । नेपालले पार्लेमो प्रोटोकलमा हस्ताक्षर…