Logo

प्रविधि

‘आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको छ’: सञ्चारमन्त्री


२५ जेष्ठ २०८१, शुक्रबार  

23
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइटी डिकेट घोषणा गरेर आर्थिक वर्षलाई प्रस्थान विन्दुका रुपमा अगाडि बढाउने सरकारको प्रतिबद्धता रहेको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले आइसिटिलाई महत्वका र सबैको एकरुपका साथ अगाडि बढाएको भन्दै निरन्तरको छलफल, प्रचारात्मक कामहरु र सबैको सहयोगले आइटी डिकेट घोषणा गर्न सफल भएको बताइन् ।

उनले भनिन्, ‘हामीले यो आइसिटिलाई जुन एउटा महत्वका साथ सरकारी निकायहरुका सबैका एकरुप बुझाइका साथ जसरी हामीले आइटी डिकेट घोषणा गर्न सक्यौं र यो आर्थिक वर्षलाई प्रस्थान विन्दुका रुपमा अगाडि बढाउँछौं भनेर जुन सरकारले प्रतिबद्धता गरेको छ यो कुरा हाम्रो निरन्तरको छलफल र प्रचारात्मक कामहरु, आइसिटिका साथीहरु, सञ्चार मन्त्रालयलगायत प्रधानमन्त्रीको भिजन अर्थमन्त्रीको काम र हामी सबैको आइटी डिकेट घोषणा गर्नका ठूलो सहयोग छ । र आइटीलाई पहिलो पटक नेपालमा गेम चेन्जर प्रोजेक्टको रुपमा तेस्रो नम्बरमा समावेश गर्न सफल भयौं । यो अत्यन्तै उत्साहजनक वातावरण हो ।’

यस्तै, उनले सरकारले डिजिटल नेपालको विषयलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेको भन्दै सबै नीजि क्षेत्र र वैदेशिक लगानी आकर्षित गर्ने गरे अगाडि बढ्ने बताइन् ।

उनले भनिन्, ‘यो डिजिटल नेपालको कुरा छ, वल्र्ड बैंक अझै पनि यसका लागि तयार छ । हामीले नेपाल सरकारकै तर्फबाट पनि यो कार्यक्रमलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेका छौं । त्यसकारण यी कार्यक्रमहरुलाई महत्वका साथ सरकारले अगाडी बढाएको छ र यसलाई परिमार्जन गर्ने भनेको छ । यो परिमार्जनको प्रक्रियामा अगाडि छौं । यो आर्थिक वर्षदेखि डिजिटल नेपाल बनाउने कुरामा दृढताका साथ काम अगाडि बढ्छ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु । सबै सरकारी निकाय मात्र होइन्, नीजि क्षेत्र र वैदेशिक लगानी पनि यसमा आकर्षित गर्ने गरे हामी अगाडि बढ्न खोज्दै छौं ।’ बजेट कार्यक्रम पारित नभएपनि नीति कार्यक्रम र बजेट वक्तव्यसम्म आइपुग्दा पनि आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १ : ०८ बजे