काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगर स्थित सिटी हलमा मेला शुरु हुँदैछ । मेलाको बिषयमा जानकारी दिन विहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका फोकल पर्सन उपसचिव टिकाराम ढकालले…