काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्थाबाट जनतालाई मुक्ति दिनका लागि जनआन्दोलन गर्ने बताएका छन् । उनले आगामी फागुनदेखि आन्दोलन गर्नेगरी तयारी गरेको जानकारी दिए । शुक्रबार केन्द्रीय कार्य समितिको बैठकको निर्णय सार्वजनिक गर्दै उनले संघीय गणतन्त्र नेपाल र धर्म निरिपेक्ष असफल भइसकेको दावी गरे । हालको व्यवस्थाबाट जनतालाई मुक्त गराउनको…