काठमाडौं । नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कमिटी सदस्य मनोनयनमा असन्तुष्टि जनाउँदै पोखरेलले पदबाट राजीनामा दिएका हुन् । पोखरेलले नैतिकताको आधारमा एमाले दोलखाको अध्यक्षबाट राजिनामा दिएको सामाजिक सन्जालबाट घोषणा गरेका छन् । आफूले कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष नरबहादुर श्रेष्ठलाई दिएको पोखरेलले बताएका छन् । आफू भन्दा कनिष्ठ व्यक्तीलाई…