काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकारविरोधी लगायतका घटनाहरूबाट मुक्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शान्तिका प्रतिक महामानव गौतम बुद्धको २५६८ औँ जन्म जयन्तीका सन्दर्भमा बिहीबार सार्वजनिक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्नेमा…