विराटनगर । विराटनगरमा सम्पन्न स्थानीय सरकारका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनले विराटनगर घोषणा पत्र–२०८२ जारी गरेको छ । विराटनगर महानगरपालिकाको आयोजनामा सम्पन्न दुइ दिने सम्मेलनमा देशभरका उपप्रमुख तथा उपाध्यक्षहरूको सहभागिता थियो । सम्मेलनले संविधानमा प्रत्याभूत अधिकारहरूलाई कार्यान्वयनमा ल्याउन, न्यायिक समिति सशक्तिकरण गर्न तथा संघीयताको मर्मअनुसार सहकार्यात्मक शासन प्रणालीलाई प्रभावकारी बनाउन विभिन्न २० बुँदे माग र…