Logo

Breaking News 1

असार तेस्रो सातादेखि १५ दिन रातको समयमा अरनिको राजमार्ग सवारीसाधन आवागमनमा रोक लगाइने



काठमाडाैं । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन यही असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ ।

जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ देखि आउँदो साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो ।

उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लिखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई प्रवेशमा पूर्णतः निषेध गरिनेछ ।

अरू यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई बेलुका ७ देखि बिहान ५ बजेसम्म मात्र प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

समितिले सडक निर्माणलाई सहजीकरणका निम्ति यात्रु तथा मालवाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्ने समेत जनाएको छ ।

तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ६ : ०० बजे