काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविच भेटवार्ता भएको छ । विहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा संक्रमणकालिन न्याय र संसद अवरोधका विषयमा छलफल भएको छ । ‘भेटमा मुख्यगरी संसदमा भएको अवरोध हटाउने र संसदमा पेस भएको टीआरसी विधेयक पारित गर्ने सवालमा कुराकानी भयो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो…