धनगढी । धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । मंगलबार राति धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट धनगढी उपमहानगरपालिका–४ का ३५ वर्षीय अभिषेक अवस्थी लागूऔषधसहित पक्राउ परेका हुन् । उनी १२ ट्याबलेट स्पास (लागुऔषधसहित) पक्राउ परेको प्रहरीले जनाएको छ ।