काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा नेपाली कांग्रेसभित्र नेतृत्वको विरोध र आलोचना गर्न पाइने बताएका छन् । ललितपुरमा बिहीबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता शर्माले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कसैलाई निषेध नगर्ने बताएका हुन् । नेकपा एमालेको हालै सम्पन्न महाधिवेशनमा फरक मत राख्नेहरूलाई निषेध गर्न खोजिएकोप्रति इंगित गर्दै शर्मा कांग्रेसमा राम्रो लोकतान्त्रिक अभ्यास…