काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति भन्दा माथि उठेर सबै एकजुट हुन आवश्यक रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले दलहरुले राजनीति भन्दा धेरै समय विकास निर्माणमा खर्चिनु पर्नेमा जोड दिए । उनले भने, ‘ यहाँ विभिन्न विचारधारा बोकेका साथीहरु हुनुहुन्छ ।…