तेहरान । हिजाब नलगाएको आरोपमा पक्राउ परेर हिरासतमा रहेकी छात्रा महसा अमिनीको मृत्यु भएको एक वर्ष पुग्न लागेको छ । महसाको मृत्यु गत १६ सेप्टेम्बरमा भएको थियो । हिजाब राम्ररी नलगाएको भन्दै अमिनीलाई प्रहरीले हिरासतमा लिएको थियो र उनको यातनाबाट मृत्यु भएको थियो। यसपछि देशभर हिजाबलाई लिएर हंगामा मच्चियो र महिनौंसम्म हिंसात्मक प्रदर्शन भएको थियो…