काठमाडौं । नेकपा (माअोवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले देशले तरक्की गर्दैमा युवाहरू विदेशिन नरोकिने बताएका छन् । आइतबार प्रधानमन्त्रीले विश्वासको मत मागेको प्रस्तावको छलफलमा बोल्ने क्रममा पुनले प्रधानमन्त्रीले गलत तथ्यांकसहित निराशा देखाउने प्रयास गरेको बताए । उनले प्रधानमन्त्रीका भनाइ कर्णप्रिय लागे पनि तथ्यांक भने गलत प्रस्तुत भएको बताए । उनले नेपालले आईटी क्षेत्रमा भएको प्रगतिबारे…