काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताएकी छिन् । चीनको युनान प्रान्तको कुन्मिङमा आयोजित ८ औं चीन–दक्षिण एसिया प्रदर्शनीमा मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष घिमिरले नेपाल एक चीन नीतिप्रति सँधैं दृढ रहेको बताएकी हुन् । नेपालमा पञ्चशिलको सिद्धान्तमा आधारित विदेश नीति संञ्चालनमा रही आएको बताउँदै उपाध्यक्ष घिमिरेले चीन नेपालबीच…