काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफूले पार्टी सभापति शेरबहादुर देउवासँग कार्यवाहक पद मागेको भन्ने विषयमा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएका छन्। आइतबार स्वकीय सचिव दिनेशचन्द्र थपलियाद्वारा जारी गरिएको विज्ञप्तिमा सो समाचारलाई “तथ्यहीन, भ्रामक र कपोलकल्पित” भन्दै खण्डन गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “देउवासँग शेखरले कार्यवाहक मागेको दाबी शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर…