चितवन । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२, बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् । प्रात भ्रमणका क्रममा उनी बाघको आक्रमणमा परेका हुन् । भरतपुर महानगरपालिका–१, नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।