काठमाडौं । ट्रंक र डेडिकेटेडका नाममा नेपाल विद्युत प्राधिकरण नेतृत्वले उद्योगी÷व्यवसायीलाई बदनाम गराउन खोजेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले अब अन्याय हुन नदिने बताएका छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उद्योगी व्यवसायी र प्रधानमन्त्री दाहालबीच भएको भेटघाटमा ट्रंक तथा डेडिकेटेड लाइनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिए आफू चुप लागेर नबस्ने बताएका हुन्। व्यवसायीसामू दाहालले देशमा लोडसेडिङ अन्त्य भएपश्चात…