काठमाडौं । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौ २८ र २९ गते काठमाडौंमा हुन लागेको नेपाल युथ समिट (युवा सम्मेलन) को तयारी अन्तिम चरणमा पुगेको छ । प्रमुख वक्ताहरुको सूची लगभग अन्तिम चरणमा रहेको आयोजकको भनाइ छ । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चावहिलस्थित दुर्गा पार्टी भेन्युमा हुने समिटमा…