काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले बजेट सत्रको व्यस्तता उल्लेख गर्दै संसदीय समितिमा विधेयकमाथि छलफल नगर्न आग्रह गरेकी छन्। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो आग्रह गरेकी हुन्। समितिको उक्त बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी संशोधन प्रस्तावकर्तासँग छलफलको कार्यसूची थियो। तर सांसद…