काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख हेमराज रेग्मीले तथ्यांकका प्रयोगकर्ताहरुलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध गराउन नसकेको बताएका छन् । सोमबार नेपालमा एकल महिलाको विषयगत प्रतिवेदन सार्वजनिक गर्दै उनले ऐनले आदेश दिए पनि आफूहरुले सधैंभरी सबै तथ्यांक उपलब्ध गराउन नसकेको बताएका हुन् । उनले भने, ‘हामीले बेला बेलामा गर्ने गणनाहरु थरिथरिका हुन्छन् । जसमा जनगणना, कृषि,…