काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐनभित्र बसेर काम गरेको भए वर्तमान अवस्था सिर्जना नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सहकारीको समसामयिक अड्चन र निकास विषयक प्रदेशस्तरीय गोष्ठी कार्यक्रममा उनले सहकारी ऐनको उल्लंघन भएको कारण समस्याहरु देखा परेको भन्दै सबैले नियममा बसेर काम गर्नुपर्ने बताए । उनले भने, ‘सहकारीका…